नेपालको पासपोर्ट विश्वकै निकृष्ट सूचीमा छैटाैं

नेपाल राहदानी

एजेन्सी। नेपालको पासपोर्ट विश्वकै निकृष्ट सूचीमा छैटाैं नम्बरमा परेको छ।

हेन्ली पासपोर्ट इन्डेक्सले जारी गरेको सूची अनुसार नेपालको पासपोर्ट विश्वमै निकृष्ट सूचीको छैटौं नम्बरमा रहेको पाइएको हो। सूची अनुसार ११० स्थानसम्म निर्धारण गरिएकोमा नेपाल र लिबिया १०४ औं स्थानमा परेका छन्।

यस बाहेक प्यालेस्टिनी क्षेत्रहरु १०५, साेमालिया र येमन १०६, पाकिस्तान १०७, सिरिया १०८, इराक १०९ तथा अफगानिस्तान ११० औं नम्बरमा रहेका छन्।  उत्तर कोरिया १०३औं स्थानमा रहेको छ।

नेपालको पासपोर्ट बोकेर ‘अन-अराइभल’का आधारमा ३८ मुलुकमा आवत-जावत गर्न पाइन्छ भने उत्तर कोरियाको पासपोर्टबाट ३९ मुलुकमाम आवत-जावत गर्न पाइन्छ। सबभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको रहेको छ। अफगानिस्तानको पासपोर्ट बोकेर जम्मा २६ मुलुकमा मात्रै अन-अराइभलका आधारमा आवत-जावत गर्न पाइन्छ।

अन्य सम्बन्धित समाचार:  प्रतिबन्ध नखुल्दा लाखौँ घनफिट सालको काठ अलपत्र

उत्कृष्ट पासपोर्ट भएका राष्ट्र

सूची अनुसाार एक नम्बरमा रहेको जापानको पासपोर्ट विश्वकै शक्तिशाली छ। जापानको पासपोर्ट बोकेर अन-अराइभल भिसाका आधारमा १९१ मुलुकमा घुमफिर गर्न पाइन्छ। त्यसपछि सिंगापुरको रहेको छ। यसको पासपोर्टबाट १९० मुलुक घुम्न पाइन्छ।

विश्वका सबैभन्दा उत्कृष्ट पासपोर्ट भएका देशहरुमा जापान र सिंगापुरपछि ३ नम्बरमा दक्षिण कोरिया र जर्मनी, ४ नम्बरमा इटलीफिनल्यनण्ड स्पेन र लक्जम्बर्ग, ५ नम्बरमा डेनमार्क र अष्ट्रिया, ६ नम्बरमा स्विडेन, फ्रान्स, पोर्चुगल, नेदरल्याण्ड्स र आयरल्याण्ड, ७ नम्बरमा स्विजरल्याण्ड, अमेरिका, बेलायत, नर्वे, बेल्जियम र न्युजिल्याण्ड, ८ नम्बरमा ग्रीस, माल्टा, चेक रिपब्लिक र अष्ट्रेलिया, ९ नम्बरमा क्यानडा र १० नम्बरमा हंगेरी रहेका छन्।

अन्य सम्बन्धित समाचार:  प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोक्ने आयोगको निर्णय