काठमाडौं। बलिउड नायिका कंगना रनावतले नायिका तापसी पन्नुको एक फोटोलाई आफ्नो कपी भन्दै आरोप लगाएकी छिन्।
कंगनाले तापसीले पोष्ट गरेको एउटा तस्वीरलाई आफ्नो कपी मात्र भनेकी छैनन्, आफ्नो तुलना बलिउडका नायक अमिताभ बच्चनसँग पनि गरेकी छिन्। कंगनाले सामाजिक संजालमा लेखेकी छिन्–‘म निकै नै खुशी छु। तापसीको पुरै अस्तित्व नै मलाई पढ्न र मेरो कपी गर्नमा नै छ। यो निकै नै प्रभावित गर्ने खालको छ। तापसी बाहेक अरु कोही पनि महिला कलाकारले मैलै जस्तै पप कल्चरलाई अगाडि लिएर गएका छैनन्। अमिताभ बच्चनपछि सर्वाधिक नक्कल मेरो हुने गरेको छ।’
कंगनाले तापसीको तस्वीरलाई कपी भनेपनि यो बिषयमा तापसीले केही पनि प्रतिक्रिया दिएकी छैनन्। तर, तापसीले विभिन्न समयमा दिएको अन्तरवार्तामा कंगना र उनकी बहिनी रंगोलीले आफूलाई ह्यारेसमेन्ट गर्ने गरेको उल्लेख गरेकी थिइन्।