चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं। चितवनमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा राप्ती नगरपालिका–५ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक प्रा.डा. दयाराम लम्सालले बताए।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनी उपचारका लागि पुस १९ गते अस्पताल आएका थिए।

सोही दिन संक्रमण पुष्टि भएका उनको उपचारको क्रममा आइतबार राति मृत्यु भएको उनले बताए।

 

अन्य सम्बन्धित समाचार:  स्कुल बसको ठक्करबाट चितवन दुईजनाको मृत्यु