अमेरिकाको सिकागोमा गोली प्रहार गरी तीन जनाको हत्या

एजेन्सी। अमेरिकाको सिकागोमा एक व्यक्तिले गोली प्रहार गरी तीन जनाको हत्या गरेका छन्। घटनामा थप चार जना घाइते भएका छन्। सिकागो विश्वविद्यालयमा प्रवेश गरेर बन्दुकधारीले आक्रमण गरेका हुन्।बन्दुकधारीले विश्वविद्यालय छिरेर तीस वर्षीय एक छात्रको टाउकोमा गोली प्रहार गरे लगतै एक अपार्टमेन्टमा प्रवेश गरी सुरक्षागार्ड र अपार्टमेन्टमा रहेकी एक महिलालाई गोली प्रहार गरेका थिए। त्यसपछि पुनः एक पसलमा प्रवेश गरी २० वर्षका एक व्यक्तिको उनले हत्या गरेका हुन्।

त्यस लगत्तै ती व्यक्तिले १५ वर्षकी किशोरीमाथि गोली प्रहार गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। अन्तिम पटक एक रेष्टुरामा प्रवेश गरी एक महिलाको उनले हत्या गरेका थिए। गोली हान्ने व्यक्तिको प्रहरीको जबाफी कारबाहीमा मृत्यु भएको छ।

अन्य सम्बन्धित समाचार:  जनकपुरमा अर्का युवक पनि पेस्तोल सहित समातिए