प्रचण्ड–नेपाल समूहका शीर्ष नेता पुन: निर्वाचन आयोगमा

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरु निर्वाचन आयोग पुगेका छन्। निर्वाचन आयोगले प्रचण्ड–नेपाल समूहलाई पठाएको पत्र बारे स्पष्ट पार्न अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका हुन्।

संसद पुनःस्थापनाको विषयमा सर्वोच्च अदलतमा मुद्दा विचाराधिन रहेका छन् तर निर्वाचन आयोग चुनावको तयारी गरिहेको सन्दर्भमा पनि उनीहरुले आयोग समक्ष कुरा राख्ने बताइएको छ।

नेकपाको प्रचण्ड–माधव र ओली समूहले पार्टीको आधिकारीकताका लागि निर्वाचन आयोगमा दावी प्रस्तुत गरेका छन्। सो दावीको बारेमा निर्वाचन आयोगले अध्ययन गर्दैछ।

अन्य सम्बन्धित समाचार:  एमबीबीएसको शुल्क वृद्धि कुनै हालतमा स्वीकार्य छैन: डा. केसी