ड्राइभिङ लाइसेन्सको परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं। यातायात व्यवस्था विभाग बागमती प्रदेश अन्तरगतको चाबहिल यातायात कार्यालयले ड्राइभिङ लाइसेन्सको लिखित र ट्रायल दुबै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ। सोमबार एक सूचना जारी गर्दै कार्यालयले परीक्षा निगरानीका लागि ट्राफिक प्रहरी नखटाइएकाले सोमबारदेखि अनिश्चितकालका लागि चालक अनुमतीपत्र (लाइसेन्स)को लिखित र प्रयोगात्मक दुबै परीक्षा स्थगित गरिएको जनाएको हो।

लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षाका लागि कार्यालयको संयोजकत्वमा महानगरीय ट्राफिक प्रहरीको प्रतिनिधिमुलक भूमिका रहदै आएकोमा महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट पुस २७ गते प्रतिनिधि ट्राफिक प्रहरी उपलब्ध नहुने व्यहोरापत्र प्राप्त भएकाले अर्को सूचना प्रकाशित नहुँदासम्मको लागि कार्यालबाट संचालन गरिने लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित गरिएको छ’ कार्यालद्धारा जारी सूचनामा भनिएको छ।

अन्य सम्बन्धित समाचार:  प्रदेश १ को प्रदेशसभा बैठक केहीबेर बसेर स्थगित