पृथ्वी जयन्तीमा राप्रपाले निकालेको जुलुसमा प्रहरीको हस्तक्षेप

काठमाडौं। पृथ्वीजयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले निकालेको जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ। राप्रपा अध्यक्ष पशुपतिशम्शेर राणा सिंहदरबार अगाडि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्मण गर्न जाने क्रममा सामान्‍य झडप भएको हो।

तर, अध्यक्ष राणालगायत राप्रपा नेताहरूले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन्। बाजागाजासहित जुलुसमा सहभागीहरु मूल सडकमा हिँडेपछि प्रहरीले पैदलयात्रीको बाटोतर्फ जान आग्रह गरेको थियो। प्रहरीले जबरालगायतलाई धरपकड गर्न खोजेपछि केही समय धकेलाधकेल भएको थियो।

केही समय धकेलाधकेल भएपछि जुलुसमा सहभागीले प्रहरीविरुद्ध नारा लगाएका थिए। प्रहरीविरुद्ध नारा लगाउँदै सिंहदरबारको पश्चिम गेटको पृथ्वीनारायण शाहको शालिकतिर अगाडि बढ्न खोजेको उत्तेजित भिडलाई प्रहरीले रोक्न खोजेको थियो।

अन्य सम्बन्धित समाचार:  मिडियाको सेटिङ सबभन्दा खतरनाक: डा. बाबुराम भट्टराई