एप्पल र ह्युन्डेईले साझेदारीमा विद्युतीय कार बनाउने

एप्पल

काठमाडौं। अमेरिकी स्मार्ट फोन उत्पादक कम्पनी एप्पल इंक र कोरियाली कार उत्पादक कम्पनी ह्युन्डेईले मिलेर विद्युतीय कार बनाउने भएका छन्।

यी दुई कम्पनीबीच संयुक्त रूपमा कार उत्पादन गर्ने प्रारम्भिक सहमति भएको बताइएको छ। दुई कम्पनीले संयुक्त रुपमा उत्पादन गर्ने कार स्वचालित विद्युतीय कार हुनेछ।

एप्पलले नयाँ प्रविधिको ब्याट्री तथा ह्युन्डेईले विद्युतीय कार उत्पादनको जिम्मा लिने बुझिएको छ। द इकोनोमिक टाइम्सका अनुसार सहकार्यका लागि आउँदो मार्चमा यी दुई कम्पनीबीच औपचारिक सम्झौता हुनेछ।

यी दुई कम्पनीले आगामी तीन वर्षभित्रै स्वचालित विद्युतीय कार उत्पादन सुरु गर्ने योजना बनाएका छन्। हुन्डाई र एप्पलबीच सन् २०२७ देखि ’सेल्फ ड्राइभिङ कार’ सार्वजनिक गर्ने योजना छ। यी गाडीको उत्पादनका लागि कम्पनीले आफ्नै लगानीमा नयाँ उद्योग सञ्चालनमा ल्याउने अथवा जर्जियास्थित किया मोटर्सको फ्याक्ट्रीबाट उत्पादन गर्ने भन्ने दुई कम्पनीबीच छलफल चलिरहेको छ।

अन्य सम्बन्धित समाचार:  नागरिक एपमा नागरिकताको विवरण नमिल्ने समस्या

सन् २०२४ मै एक लाख वटा स्वचालित विद्युतीय गाडी उत्पादन गर्ने योजना बनाएका दुई कम्पनीले वार्षिक चार लाख कार उत्पादन हुने प्लान्टको प्रस्ताव गरेका बुझिएको छ। नयाँ कम्पनीमा ह्युन्डेईको करिब २० प्रतिशत र बाँकी एप्पलको हुने प्रारम्भिक तथ्य बाहिर आएको छ।