केपी ओलीलाई मख्ख पार्नुपरेमा ‘बा’ भने पुग्छः माधव नेपाल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको कसैले ‘बा’ भनेर सम्बोधन गरिदिए मख्ख पर्ने बानी रहेको बताएका छन्। सोमबार राजधानीमा आयोजित बृहत् नागरिक भेलालाई सम्बोधन गर्दै नेपालले ओली आफ्ना आसेपासेलाई चलाउन खप्पिस रहेको बताए। ‘केपी ओलीलाई मख्ख पार्नुपरेमा बा भनेपुग्छ। उहाँ आसेपासे चलाउन खप्पिस हुनुहुन्छ,’ उनले भने।

नेपालले विरोधीलाई तह लगाउन ओलीले गुप्तचर र सम्पत्ति शुद्धीकरण विभागलाई आफू मातहत राखेको आरोप समेत लगाएका छन्। ओलीले मदन भण्डारीको नाम बेस्कन बेचेपनि उनको विशेषता भने अनुशरण नगरेको आरोप लगाए। उनले विगतमा आफूहरुले ओलीमाथि देखाएको उदारता कमजोरी भएको भन्दै उनी केही गरी पनि नसुध्रिएको बताए।

अन्य सम्बन्धित समाचार:  हामीले जनतासँग गरेको वाचा तीन वर्षमा पूरा गर्न सकेनौँः प्रचण्ड

आधिकारिक नेकपालाई आफूहरुले नेतृत्व गरेको भन्दै ओलीले सानो गुटको प्रतिनिधित्व मात्रै गरेको नेपालको दावी छ।