काठमाडौं। नेपालमा थप ४ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ९ जनाको पिसिआर परीक्षण गर्दा काठमाडौं उपत्यकामा ३ सय १४ सहित देशभर ४ सय ८८ जना कोरोना संक्रमित थपिएका हुन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको छ।
२४ घण्टामै ५ सय २७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५८ हजार ९ सय ६८ पुगेको मन्त्रालयले जनाएको छ। हाल ४ हजार ३ सय ७३ जना सक्रिय संक्रमित छन्। यस्तै २ सय ३७ जना क्वारेन्टिनमा छन् भने ४ हजार ३ सय ७३ जना आइसोलेसनमा छन्। मन्त्रालयका अनुसार कोरोनाका गम्भीर १६३ जनाको आइसीयूमा र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
यस्तै, थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय २७ पुगेको मन्त्रालयले जनाएको छ।