मनीषा कोइराला आईएमई लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेसडर

काठमाडौं। अभिनेत्री मनीषा कोइराला आईएमई लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छिन्। ब्रान्ड एम्बेसडर नियुक्तसम्बन्धी समझदारीपत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र अभिनेत्री कोइरालाले एक कार्यक्रमबीच हस्ताक्षर गरे।

कम्पनीले कोइरालाले आईएमई लाइफको ब्रान्डका साथै यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने आशा लिएको  जनाएकाे छ। ब्रान्ड एम्बेसडर बनेपछि छरिएर रहेको पुँजीलाई एकीकृत गरी राष्ट्र निर्माणमा टेवा पुऱ्याउने अवधारणा बोकेको आईएमई लाइफसँग साझेदारी गर्न पाउँदा खुसी भएको कोइरालाकाे भनाई थियाे।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुयाँलले दृढ विश्वासी, क्षमतावान्, प्रेरणाको स्रोत, भरोसायोग्य, अग्रणी, सरल, आत्मविश्वासले भरिएकी अभिनेत्री कोइरालासँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए ।

यो सम्झौता यही पुस २४ गतेदेखि नै लागू भएको कम्पनीले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  नेप्सेमा बैंक अफ काठमाडाैंको १३% बोनस सेयर सूचीकृत