नेप्सेमा साेमबार ३.७० अंककाे वृद्धि

काठमाडाैं। सेयर बजार साेमबार सामान्य अंकको वृद्धि भएर बन्द भएको छ। बजार परिसूचक नेप्से ३.७० अंकले वृद्धि भएर २२३९.४२ अंकमा बन्द भएको छ। जुन नेप्सेको अहिलेसम्मकै उच्च क्लोजिङ विन्दु समेत हो।

सोमबारै कारोबार दिनको उच्च (इन्ट्रा डे हाई) २२७१.३४ अंकसम्म पुगे पनि अन्तिममा बन्द भने २२३९.४२ अंकमा भएको हो। आइतबार इन्ट्रा डे हाई २२३८.८५ अंक कायम गरेको नेप्सेले आज इन्ट्राडे हाइको उक्त रेकर्ड ब्रेक गरेको हो।

विन्दुमा सोमबार २२६४.२७ अंकमा खुलेको नेप्से २२२८.४० अंक सम्म झरेको थियो। हरेक दिन नयाँ उचाइ कायम गर्दै अगाडि बढेको नेप्सेले आइतबार कायम गरेको नयाँ उचाइलाई तोड्दै सोमबार नयाँ रकर्ड कायम गरेको हो।

अन्य सम्बन्धित समाचार:  करको दायरा बढाउँदै महानगर