एजेन्सी। भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ भएको छ। सोमबार कोहलीले ट्वीट गर्दै छाेरी जन्मिएकी जानकारी गराएका हुन्।
‘आज हाम्री छोरीको जन्म भएको सुनाउन पाउँदा हामी दुवैलाई खुशी लागेको छ। हामी तपाईंहरूको माया र सद्भावका लागि हृदयदेखि आभारी छौं’,कोहलीले लेखेका छन्।
पत्नी अनुष्का र नवजात छोरी दुवैको स्वास्थ्य ठिक रहेको र जीवनको नयाँ अध्याय सुरु गर्न पाउँदा खुशी लागेको उल्लेख गर्दै तत्कालका लागि आफ्नो गोपनीयताको सम्मान गर्न पनि आग्रह गरेका छन्।
कोहलीसँग वैवाहिक बन्धनमा बाँधिएकी अनुष्काले गत अगस्टमा आफू आमा बन्न लागेको घोषणा गरेकी थिइन्।