पर्सा। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले ओलीतन्त्रको अन्त्य भए पछि नै लोकतन्त्रको रक्षा हुने बताएका छन्।वीरगञ्जमा पार्टीले सोमबार आयोजना गरेको जनप्रदर्शन एवं विरोध कार्यक्रममा बोल्दै नेता यादवले ओली सरकारमा रहेसम्म लोकतन्त्रमाथि खतरा हुने उल्लेख गरे।
उनले ओली संविधान नै खारेज गरेर तानाशाही बन्ने तरखरमा रहेको बताउँदै त्यो सपना पूरा हुन दिन नहुने बताए। प्रधानमन्त्रीले नै न्यायलय र पूर्वप्रधान न्यायाधीशहरुलाई धम्की दिइरहेको उनको भनाइ छ ।