दार्चुलामा भूकम्पको धक्का

काठमाडौं। दार्चुलामा भूकम्पको धक्का महसूस गरिएको छ। मंगलबार बिहान ९ः४८ बजे दार्चुलाको सुनसेरा केन्द्रविन्दु भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र जनाएको छ।

केन्द्रका अनुसार भूकम्पको धक्का भारतीय क्षेत्रमा समेत महसूस गरिएको थियो।

यसअघि, काठमाडौंको कुलेश्वर केन्द्रबिन्दु भएर सोमबार दिउँसो ३ दशमलव १ रेक्टर स्केलको परकम्प गएको थियो।

अन्य सम्बन्धित समाचार:  गुणस्तरहिन निर्माण समाग्री प्रयोग गरेर जयपृथ्वी राजमार्ग मर्मत गरिदै