सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति पुग्यो?

सुनको भाउ

काठमाडौं। सुनको मूल्य मंगलबार फेरि वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको हो।

मंगलबार छापावाल सुनको मूल्य तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ३०० र सोमबार ९२ हजार २०० रुपैयाँ रहेको थियो।

यस्तै मंगलबार तेजावी सुन तोलामा ९२ हजार ३०० रुपैयाँ कायम भएको छ।

यसैबीच मंगलबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले वृद्धि भएको छ। सोमबार तोलामा १ हजार २३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

अन्य सम्बन्धित समाचार:  वर्षको अन्तिम दिन नेप्सेमा नयाँ रेकर्ड