बाग्लुङमा थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं। बाग्लुङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। धौलागिरी अस्पतालमा उपचारत जैमिनी नगरपालिकाका ३७ वर्षिय पुरुषको मंगलबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।

धौलागिरी अस्पताल बागलुङका प्रमुख डा.शैलेन्द्र बि पोखरेलका अनुसार उनमा स्वासप्रस्वासमा समस्या रहेको थियो। केही दिन होम आइसोलेसनमा बसेर जटिल अवस्था आएपछि २१ गते अस्पतालमा भर्ना भएका उनको मृत्यु भएको हो।

योसँगै बागलुङमा मृत्यु हुने कोरोना सक्रमितको संख्या ११ पुगेको छ ।

अन्य सम्बन्धित समाचार:  भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६१ हजारभन्दा बढी कोरोना संक्रमित थपिए