ट्रयाक्टर दुर्घटना हुँदा बाजुरामा एकजनाको मृत्यु

काठमाडौं। बाजुरामा  ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बडीमालिका नगरपालिका–९ चौराटी खेतमा सोमबार राति  ट्रयाक्टर दुर्घटना हुँदा स्वामीकार्तिक खापर गाउँपालिका–४ छापुका ६० वर्षीय धननाथ योगीको मृत्यु भएको हो।

खाली रहेका ग्यासका सिलिण्डर बोकेर तिपाडा जाँदै गर्दा चौराटी खेत नजिकै दुर्घटनामा परी घाइते भएका योगीको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए।

ट्रयाक्टर दुर्घटना हुँदा सडकभन्दा एक सय मिटर तल खसेको प्रहरी निरीक्षक ठगुन्नाले जानकारी दिए। ट्रयाक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

ट्रयाक्टरको नम्बर प्लेट नभएकाले फरार रहेका चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  कुखुरा फर्ममा आगलागी