काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत आकारमा सानो ठूलो भए पनि हैसियत दुबै देशकाे बराबरी रहेकाे उल्लेख गरेका छन्। सार्वभौमसत्ताको रुपमा कुनै पनि देश ठूलो सानो नभएको उनकाे भनाई थियाे। साथै दुई देशका प्रधानमन्त्रीबीच पनि उमेरमा घटी बढी भए पनि दुबै बराबरी हैसियतकाे नै रहेकाके उनले बताए।
भारतकाे जी न्युजका सम्पादक सुधीर चौधरीसँगको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले भारत र चीन दुवैसँग समानान्तर सम्वन्ध राखेर अघि बढ्ने सवालमा नेपाल सँधै अडीग रहने प्रधानमन्त्री ओलीले बताए।
अर्को एक प्रसंगमा लद्दाख, गलवान लगायत सीमा क्षेत्रमा भारतको चीनसँग विवाद भइरहँदा नेपालले नक्सा जारी गर्नुमा आशंका रहेको भन्दै पत्रकार चौधरीले सोधेका प्रश्नमा ओलीले सहज किसिमबाट नेपाललाई लद्दाखसँग लिनुदिनु केही नभएको उल्लेख गरे।
सीमा विवाद र नेपालले आफ्नाे भूभाग समेटेर प्रकाशित नक्साकाेबारे पनि ओलीले भारतसँग वार्ताको आह्वान गर्दा भारतबाट कुनै प्रतिक्रिया नआएकाे जनाँउदै सडक उद्घाटन समेत भईसक्दा आफूहरुले नक्सा जारी गरेको प्रतिक्रिया दिए।
उनले नेपालकाे जमिन र आकाश एक ईन्च पनि कसैलाई दुरुप्रयाेग गर्न नदिने समेत स्पष्ट पारे। ‘तपाईँको कुरा अतिरञ्जित खाले छ भन्दै उनले गलवानको मुद्दा अर्कै भएकाे बताँउदै लिपुलेककाे सवालमा भारतलाई वार्ताको प्रस्ताव गर्दा कुनै प्रतिक्रिया नआएकाे उल्लेख गरे।
साेही प्रसङ्गमा ओलीले थपे, “गलवानसँग नेपालको कुनै साईनाेसम्वन्ध छैन अनि लिनुदिनु त कुरै भएन। अर्को देशबीच विवाद हुँदा कुनै एकको साथ लिने नेपालको राजनीति हैन। नेपालको राजनीति त सन्तुलनको राजनीति हो,’ प्रधानमन्त्री ओलीले बताए।