काठमाडाैं। प्रदर्शनी मार्गमा अवस्थित आरआर क्याम्पसका प्राध्यापक विष्णुप्रसाद आचार्य पक्राउ परेका छन्। सोमबार साँझ विद्यार्थीलाई अश्लील म्यासेज पठाएको आरोपमा प्रहरीले आचार्यलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । उनीविरुद्ध अभद्र व्यवहार मुद्दा लगाइएको छ। आचार्यलाई काठमाडौं प्रहरी परिसर टेकुमा राखिएको छ।
२०७७ पुष २८ गते, मंगलवार, ०१:०७ बजे प्रकाशित