कोरोना विरुद्धको खोपकाे पहल गर्न परराष्ट्रमन्त्री भारत जाने

काठमाडौं। कोरोना विरुद्धको खोप ल्याउनेबारे छलफलका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा जाने भएका छन्। मन्त्रीसहितको टोली केही दिनभित्रै भारत जाने र भ्रमणका क्रममा नेपाललाई खोप दिन मन्त्रीस्तरमा नै छलफल गर्ने कार्यक्रम रहेको मन्त्रालय स्रोतले बताएको छ। 

टोलीमा को–को रहने र कहिले प्रस्थान गर्ने भन्नेबारे मन्त्रालयले आज टुंगो लगाउँदैछ। भारतमा प्रयोग हुने भनिएको खोप सोही मूल्यमा नेपाललाई उपलब्ध गराउन जि टु जी प्रकृयामार्फत परराष्ट्र मन्त्रालयले निरन्तर छलफल गरिरहेको छ।

योसँगै भारतमा खोप सप्लाइ गर्ने सम्झौता गरेको सेरम इन्स्टिच्युटसँग पनि नेपाल सरकारले कूटनीतिक प्रयास गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  अपमानित ढंगले अभिव्यक्ति नदिन ओलीलाई कांग्रेसको चेतावनी