पोर्चुगलका राष्ट्रपति मार्सेलोलाई कोरोना संक्रमण

काठमाडौँ। पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सूसा कोरोना संक्रमित भएका छन् । राष्ट्रपति कार्यालयले यसको आधिकारिक पुष्टि गरेको हो। सोमबार राति पोर्चुगल राष्ट्रपति कार्यालयको आधिकारिक वेबसाइटमा यस बारे पुष्टि गरिएको छ। तर उनलाई कोरोना भाइरसको कुनै लक्षण देखिएको छैन।

उनको पीसीआर परिक्षणमा कोरोना पोजेटिभ भएको नतिजा आएको कार्यालयले जानकारी दिएको छ।

राष्ट्रपति मार्सेलोले एक पोष्टमा भने, ‘हिजो मेरो कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो, आजको एन्टीजेन परिक्षण नेगेटिभ आएको थियो तर सोमबार राति ९ः४० मा पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ देखियो।’

७२ वर्षीय मार्सेलो रेबेलो डी सूसा कोरोना पोजेटिभ भएपछि आइसोलेसनमा राखिएको छ र राष्ट्रपति कार्यालयले उनको आउँदो दिनहरुको सबै कार्यक्रम रद्ध गरिएको बताएको छ।

अन्य सम्बन्धित समाचार:  युगान्डाको राष्ट्रपतिमा मुसेभेनी पुनः निर्वाचित