प्रहरी दमनमाथि छानबिन गर्न राप्रपा अध्यक्ष राणाको माग

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर जबराले सोमबार पृथ्वी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा भएको प्रहरी दमनमाथि छानबिन गर्न सरकारसँग माग गरेका छन्। मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै अध्यक्ष राणाले पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको उत्सवमा राष्ट्र निर्माताको सालिकमा माल्यार्पण गर्न जाँदा किन प्रहरी दमन भयो? भनि प्रश्न गरेका छन्।

उनले भनेका छन्, ‘राष्ट्रिय विभूतिप्रति सम्मान, श्रद्धा व्यक्ति गर्ने गैरराजनीतिक, शान्तिपूर्ण कार्यक्रममा भएको प्रहरी दमनमाथि छानविन गर्न सरकारसँग माग गर्दछु।’

२९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न जाँदा प्रहरी र राप्रपाका कार्यकर्ताहरूबीच सोमबार झडप भएको थियो।

अन्य सम्बन्धित समाचार:  सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार छ: मन्त्री गुरुङ

उक्त घटनालगत्तै राणाले सरकारले लोकतन्त्रविरोधी कार्य गरेर नागरिकको नैसर्गिक अधिकारमाथि क्रुर दमन र अन्याय गरेको भन्दै कडा शब्दमा भत्र्सना गरेका थिए।