भरुवा बन्दुकसहित बाजुरामा ४ जना पक्राउ

बाजुरा। भरुवा बन्दुकसहित बाजुरामा ४ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिह ठगुन्नाका अनुसार जिल्लाको बडिमालिका नगरपालिका –३ रजालीका २ र वडा नम्बर ८ रापका २ जना गरी ४ जना बन्दुकसहित पक्राउ परेका हुन।

पक्राउ पर्नेमा वडा नम्बर –३ रजालीका ४५ वर्षीय नन्द ल्वार, ४० वर्षीय वीरभाने ल्वार, वडा नम्बर ८ रापकका ३० वर्षीय बलबहादुर थापा र अन्दाजी ३२ वर्षीय डम्बर थापा रहेको प्रहरी निरीक्षक ठगुन्नाले बताए । पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको उनले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  दरवारमार्गकाे एक दोहोरी साँझमा काम गर्ने दुई युवकले लुटे सिक्री, औँठी र ब्रासलेट