जोखिम भत्ता नपाएको भन्दै कलैया अस्पतालका कर्मचारी आन्दोलित

काठमाडौं। बाराको कलैया अस्पतालका कर्मचारी आन्दोलित भएका छन्। कोरोना महामारीमा खटेका कर्मचारीलाई जोखिम भत्ता नदिएको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन्।

अस्पतालको सेवा ठप्प पारेर उनीहरु धर्नामा बसेका छन्। कोरोना उपचारमा खटिने कर्मचारीलाई हालसम्म एक रुपैयाँ पनि जोखिम भत्ता अस्पतालले उपलब्ध नगराएको कर्मचारीहरुले बताएका छन्।

नेपाल सरकारले कोरोना उपचारमा खटिने कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको भएपनि कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई पटक–पटक मौखिक एवंं लिखितरुपमा आग्रह गर्दा समेत भत्ता नदिएको उनीहरुको भनाइ छ।

धर्नामा बसेका चिकित्सक, स्वास्थ्यकर्मीहरुले काम गर्ने बेलामा फ्रन्टलाइनर? भत्ता दिनेमा ब्याक लाइनर ? १० महिना भइसक्यो अझै कति? कोरोना भत्ता उपलब्ध गराउ लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए।

अन्य सम्बन्धित समाचार:  टिपरले ठक्कर दिँदा दुईको मृत्यु