ईश्वर पोखरेलसहित तीन मन्त्रीलाई सर्लाहीमा कालो झण्डा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहका विद्यार्थी नेताहरुले उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित तीन जना मन्त्रीलाई सर्लाहीमा कालो झण्डा देखाएका छन्। सर्लाहीको मंगलवामा आयोजित सभामा जाने क्रममा मंगलबार दिउँसो नवलपुरमा पोखरेलसहित कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री प्रभु साहलाई कालो झण्डा देखाइएको हो।

संसद् विघटन गर्ने सरकारका प्रधानमन्त्री र मन्त्रीहरुलाई सबैतिर कालो झण्डा देखाउने कार्यक्रम अनुसार उनीहरुलाई कालो झण्डा देखाइएको अखिलकी नेतृ आरती लामाले जानकारी दिइन्।

यसअघि जाजरकोटमा खानेपानी मन्त्री मणि थापालाई कालो झण्डा देखाइएको थियो।

अन्य सम्बन्धित समाचार:  ओलीले सबैसँग निहुँ खोज्दै गाली गर्दै हिँडेः वर्षमान पुन