देशभर थप ४३० जनामा कोरोना संक्रमण, ३९० डिस्चार्ज

२६६

काठमाडौं। नेपालमा थप ४ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३ सय जनाको पिसिआर परिक्षण गर्दा काठमाडौं उपत्यका २ सय ५९ जनासहित देशभर ४ सय ३० संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ।

त्यसैगरी २४ घण्टामा ३ सय ९० कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ।

अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ४०८ छ भने २३७ जना क्वारेन्टिनमा छन्। ४ हजार ३९० जना आइसोलेसनमा छन्। मन्त्रालयका अनुसार कोरोनाका गम्भीर १५७ जनाको आइसीयूमा र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  सुडान झडपमा ज्यान गुमाउनेको सङ्ख्या ८० नाघ्यो

थप ५ जना संक्रमितको मृत्यु भएको छ। योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९३२ पुगेको छ।