काठमाडौं। कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो सर्वोच्च अदालतले खुला गरिदिएको छ। मंगलबार न्यायधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पाठ्यक्रम सम्बन्धी मुद्दा खारेज गर्दै नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश दिएको हो।
निवेदन खारेज भएसँगै कक्षा ११ मा यसै वर्षदेखि नयाँ पाठ्यक्रम लागू हुने भएको छ।
नयाँ पाठ्यक्रम लागु गर्न नहुने भन्दै भागवत अर्याललगायतले पाठ्यक्रम विकास केन्द्र, पोखरा विश्वविद्यालय, मध्यपश्चिम, सुदुरपश्चिम, पूर्वाञ्चल, काठमाडौं र कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।