नेप्से लगातार नयाँ उचाई तर्फ

काठमाडाैं। नेप्से लगातार नयाँ उचाई तर्फ लागेकाे छ। नयाँ रेकर्ड बनाउदै अघि बढेको नेप्सेकाे पछिल्लो ४ दिन लगातार नयाँ रेकर्ड कायम भएकाे छ। नेप्से सूचक मंगलबार पनि २८ अंकले बढेर अलटाइम हाइको नयाँ रेकर्ड बनाउन सफल रह्ये। गत मंगलबार २१६५.५० विन्दुमा बन्द भएको नेप्से सो पश्चात लगातार बढेर आज मंगलबारसम्ममा २२६७.७३ विन्दुमा पुगेको हाे।

सोमबार इन्ट्रा डे कारोबारमा सामान्य करेक्सन देखिएको नेप्सेमा अन्तिममा सामान्य अंक बढेर बन्द हुन पुगेकाे थियाे। मंगलबार पनि नेप्सेमा २८ अंकको उछाल देखियाे।

बीमा र हाइड्रोपावर कम्पनीहरुमा आकर्षण

पछिल्लो समय बैंकिङ्ग समूहको लगानीकर्ताको आकर्षण बढ्दै गएकोमा मंगलबार भने बीमा र हाइड्रोपावर कम्पनीहरुमा आकर्षण बढेको छ। मङ्गलबार कारोबारमा आएका १२ वटा उपसमूहमध्ये हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै ३.६ प्रतिशतले बढेको छ भने जीवन बीमा र निर्जीवन बीमा उपसमूहको सूचक क्रमशः २.६६ प्रतिशत र २.६७ प्रतिशतले बढेको छ।

अन्य सम्बन्धित समाचार:  नेप्से १.३६ प्रतिशले वृद्धि हुँदा बजारमा करिब ८ अर्बको कारोबार

आज व्यापार उपसमूहको सूचक भने ०.६१ प्रतिशतले घटेको छ। मंगलबार नेप्से सूचक १.२५ प्रतिशतले बढेर २२६७.७३ विन्दुमा पुगेको छ। यो नेप्से सूचकले कायम गरेको हालसम्मकै उच्च विन्दु हो। त्यस्तै, सेन्सेटिभ सूचक पनि ३.८९ अंकले बढेर ४३३.२८ विन्दुमा पुगेको छ।

मंगलबारको बजारमा झण्डै ५ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिन २०२ वटा कम्पनीको १ कराेड ३५ लाख ३१ हजार २२७ कित्ता शेयर ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार ८९७ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।