ओलीले असंबैधानिक कदम चालेर कलंकको टीका लगाए- प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वयले केपी ओली गुटको पतन चाँडै नै हुने बताएका छन्। मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै दुवैजनाले प्रधानमन्त्री ओलीले असंबैधानिक कदम चालेर कलंकको टीका लगाएकाले पतन निश्चित भएको चेतावनी दिए।

पार्टीभित्रका गलत प्रवृत्तिविरूद्ध लडाइँ र आलोचना गर्न नसके सोभियत संघजस्तो हुने पनि भन्दै अध्यक्ष दाहालले नेता तथा कार्यकर्ताहरू केही महिना खटेर काम गर्ने हो भने ओली गुटको पतन हुने उनले दाबी गरे। उनले पार्टीभित्रको विवाद विचारको लडाइ भएको बताँउदै कतिपय मानिसहरुले पार्टीभित्रको विवादलाई पदको लडाइ भनेर व्याख्या गर्ने गरेको भन्दै अध्यक्ष दाहालले त्यस्तो व्याख्यालाई आफूले खारेज गर्ने उल्लेख गरे।

अन्य सम्बन्धित समाचार:  प्रतिनिधिसभा विघटन मुद्दाः आज सुनुवाइ

सर्वोच्च अदालतलाई प्रधानमन्त्री ओलीले राज्य शक्तिको दुरुपयोग गर्दै दबाव र प्रभावमा राख्न खोजेको उनको आरोप समेत थियो। अध्यक्ष दाहालले ओलीका ‘उखान टुक्का र हाँस्यव्यंग्य प्रहसन तथा भ्रमहरू परास्त गर्न पनि सडकमा उत्रनुपर्ने’ बताए।

ओलीभन्दा माधव नेपाल हजार गुणा राम्रो रहेको भन्दै उनले ओलीले नै जबज छोडेको जिकिर गर्दै सूर्य चिन्ह आफुहरुसँगै रहने भन्दै कसैले खोस्न खाेजे आँधीबेहरी आउने चेतावनी दिए।

ओलीमा एकलकाटे प्रवृत्ति र गुटको संरक्षण गर्नेबाहेक अरु केही गुण छैन:माधव नेपाल

अध्यक्ष माधव नेपालले ओलीमा एकलकाटे प्रवृत्ति र गुटको संरक्षण गर्नेबाहेक अरु केही गुण नभएको बताउँदै कुनै दिन कम्युनिस्ट पार्टी पनि त्याग्न सक्ने बताए। जनजीविकाका कुरा गर्न खोज्दा ओली पन्छिने गरेको भन्दै अध्यक्ष नेपाललले आलोचना गर्ने मान्छे ओलीको दृष्टिकोणमा नकारात्मक हुने गरेकाे बताए।।

अन्य सम्बन्धित समाचार:  केपी ओलीको स्तर थाहा पाउँदा खुशी लाग्यो : योगेश भट्टराई

ओलीले बाटो विराएको भन्दै गल्ती नसच्याए इतिहासको रछ्यानमा फालिने उनको चेतावनी थियो।