एजेन्सी। म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा प्रवेश गरेको छ।
लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई १–० गोलले पराजित गरेको हो।
अवे मैदानमा खेलको ७१ औँ मिनेटमा पउल पोग्बाले गोल गरेर टिमलाई जित दिलाएका हुन्। सो गोलका लागि मार्कस राशफोर्डले सहयोग गरेका हुन्।
जितपछि शीर्ष स्थानमा पुगेको १७ खेलबाट ३६ अंक भएको छ। दोस्रो स्थानको लिभरपुलको ३३ अंक छ।
लिग अन्तर्गत मंगलबार राति नै भएका अन्य खेलमा एभर्टनले वुल्भ्सलाई २–१ गोलले तथा शेफिल्ड युनाइटेडले न्यूक्यासललाई १–० गोलले पराजित गरे।