सदनमा आक्रमण गर्न उक्साएको भाषण उचित भएको ट्रम्पको भनाइ

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता अमेरिकी सदनमा आक्रमण गर्न उक्साएको आफ्नो भाषण उचित भएको बताएका छन्।

उक्त आक्रमणमा परी पाँच जनाले ज्यान गुमाएका थिए। कम्तीमा ६० जना घाइते भएका थिए। क्यापिटल भवनको हिंसापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका राष्ट्रपति ट्रम्पले आफ्नो भनाइ गलत नभएको बताए।

गत जनवरी ६ मा वासिङ्टनमा भएको कार्यक्रममा ट्रम्पले संसदतर्फ अघि बढ्दै गरेका समर्थकलाई उत्तेजित पार्ने किसिमको भाषण दिएका थिए।

ट्रम्पको त्यही भाषणका कारण हिंसा भड्किएको आरोप लगाउँदै डेमोक्र्याट्सहरुले उनलाई महाअभियोग लगाउनुपर्ने माग गर्दै आएका छन्। जनवरी २० तारिखमा जो बाइडेनले राष्ट्रपति पदको सपथ लिँदैछन्।

तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा आज ट्रम्पमाथि महाभियोग लगाउने प्रस्तावमा मतदान हुन सक्ने बताइएको छ।

अन्य सम्बन्धित समाचार:  कर्नाटकमा ट्रकमा विस्फोटः ८ जनाको मृत्यु, मृतकको संख्या बढ्न सक्ने