लोकसेवा आयोगले माग्यो ८ सय ४३ कर्मचारी

काठमाडौं। लोक सेवा आयोगले नायब सुब्बा पदमा ८ सय ४३ जनाका लागि विज्ञापन खुलाएको छ। आयोगले बुधबार विज्ञापन प्रकाशन गरेर सातवटै प्रदेशमा गरी ८ सय ४३ जनाको लागि आवेदन माग गरेको हो।

माग गरिएका पदहरुमध्ये खुल्लाबाट चार सय ११ तथा ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट चार सय ३२ जनाको पदपूर्ति गर्ने आयोगले जनाएको छ। आवेदन दिने समय आगामी माघ २० गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ २७ गतेसम्म आवेदन दिन सक्ने विज्ञापनमा उल्लेख छ।

आयोगले परीक्षाको मिति भने पछि तोक्ने जनाएको छ। कोरोना महामारीका कारण लोकसेवा आयोगको परीक्षा नहुँदा परीक्षाको तयारी गरिरहेकाहरु निराश बनिरहेका बेला पछिल्लो समय आयोगले विज्ञापन प्रकाशन गर्न थालेको हो।

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशः प्रदेशसभा बैठक माग गर्नका लागि तीन दल छलफल गर्दै

यस अघि शाखा अधिकृत पदका लागि पनि विज्ञापन गरेर आवेदन संकलन गरिरहेको छ।