दक्षिण कोरियामा उच्च चिसो, हान नदी नै जम्यो

काठमाडौं। दक्षिण कोरियामा चिसोले नयाँ रेकर्ड बनाएको छ। कोरियाको मौसम प्रशासन (केएमए)को अनुसार त्यहाँको न्यूनतम तापक्रम माइनस २० डिग्री सेल्सियससम्म पुगेको छ।

अत्याधिक चिसो बढेसंगै राजधानी सियोलको बीच भाग भएर बग्ने हान नदी नै जमेको छ। पछिल्लो ३० वर्षको आँकडालाई अध्ययन गर्दा उक्त नदी यसपटक चार दिन पहिले नै जमेको हो।

सन् १९०६ देखि हान नदी जम्दै आइरहेको छ। बुसान शहरमा पनि यसपटक सबैभन्दा बढी चिसो महसुस गरिएको छ। मौसम एजेन्सीका अनुसार दक्षिण कोरियामा पछिल्ला दिनमा गम्भीर चिसो लहरले ग्रस्त भएको छ।

 

अन्य सम्बन्धित समाचार:  विश्वभर कोरोना सङ्क्रमणबाट मृत्यु हुनेहरूको संख्या २० लाख नाघ्यो