म राजनीतिमा आउन सक्दिनँ, मलाई बारम्बार दबाब नदिनुहोस्: रजनीकान्त

काठमाडौं। बलिउड अभिनेता रजनीकान्तले आफूलाई राजनीतिमा आउनका लागि बारम्बार दबाब नदिन आग्रह गरेका छन्। उनले सामाजिक सञ्जाल मार्फत् आफ्ना प्रशंसकलाई आफू राजनीतिमा नआउने भन्दै यसबारेमा कुनै कार्यक्रमको नगर्न आग्रह गरेका हुन्।

रजनीकान्तले भनेका छन्–‘मैले आफ्नो निर्णय र त्यसको कारण भनिसकेको छु। मलाई राजनीतिमा प्रवेश गर्न अनुरोध गर्दै कुनै कार्यक्रम नगर्नु हुन् अपिल गर्दछु।’ आइतबार उनका समर्थकहरुले राजनीतिमा आउन अनुरोध गर्दै वेल्लुवर कोट्टममा प्रदर्शन गरेका थिए।

आफू विविध कारणले राजनीतिमा आउन नसक्ने भन्दै कुनै दल नखोली जनताको सेवा गर्ने उनले बताए। ‘मैले पहिलेदेखि नै विस्तारित रुपमा नै भनिसकेको छु कि म केही कारणले गर्दा राजनीतिमा आउन सक्दिनँ। कृपया मलाई बारम्बार दुःख दिने काम नगर्नुहोस्।’

अन्य सम्बन्धित समाचार:  लिला श्रेष्ठको हेर न सानु सार्वजनिक

रजनीले गतबर्षको डिसेम्बर २९ तारिखमा आफ्नो स्वास्थ्य अवस्थाका कारण राजनीतिमा नआउने उल्लेख गरेका थिए। उनले, आफ्ना समर्थकहरुको दुःख हेर्न नसक्ने र उनीहरुको सेवा राजनीतिक दल नखोली गर्ने उल्लेख गरेका थिए।

रजनी र अर्का नायक कमल हसन एक भएर राजनीतिक दल खोल्ने तयारीमा थिए। तर, गतबर्ष रजनीले आफू राजनीतिमा नआउने बताएपछि उनका फ्यान निराश भएका छन्।