सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कति पुग्यो तोलामा?

सुनको भाउ

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य १ सय रुपैयाँले वृद्धि भएको छ।

मंगलबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजावी सुन तोलामा ९२ हजार ४०० रुपैयाँ कायम भएको छ।

यसैबीच चाादीको मूल्य बुधबार १० रुपैयाँले वृद्धि भएको छ। मंगलबार तोलामा १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  आईपीओ निष्कासन गर्ने सूचीमा आठवटा बीमा कम्पनीहरू