प्रचण्ड-नेपालको काठमाडौंमा बृहत् कार्यकर्ता भेला

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहले बुधबार बृहत् कार्यकर्ता भेलाको आयोजना गरेको छ। प्रतिनिधिसभा विघटनविरुद्ध विभिन्न कार्यक्रमहरु गर्दै आएको प्रचण्ड नेपाल समूहले दिउँसो १२ः३० बजे काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानामा बृहत् कार्यकर्ता भेलाको आयोजना गरेको हो।

काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको भेलालाई दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यसअघि, नेकपाले मंगलबार गण्डकी प्रदेशमा कार्यकर्ता भेला गरेको थियो।

यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिस गरेपछि प्रचण्ड–नेपाल र ओली समूहले छुट्टाछुट्टै भेला गरिरहेका छन्।

अन्य सम्बन्धित समाचार:  काठमाडौंमा माघ ९ गते नेकपाको ‘सशक्त विरोध प्रदर्शन’