प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ सुरु

काठमाडौं। सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सुरु भएको छ। अहिले गत मंगलबार ११ जना निवेदकले दर्ता गराएको बृहत इजलासमा जैलानु पर्ने निवेदनमाथि छलफल भइरहेको छ। पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले बहस गरिरहेका छन्।

सुनुवाइका लागि सर्वोच्चले बुधबार बिहान प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा इजलास पुनर्गठन गरेको छ। इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन्। न्यायाधीश मल्ल नयाँ थपिएकी हुन्।

गत बुधबारको सुनुवाइमा कानुन व्यवसायीहरूले प्रश्न उठाएपछि इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीले बाध्य भएर प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइमा नबस्ने घोषणा गरेका थिए।

निवेदकले प्रतिनिधिसभा विघटनको सुनुवाई बृहत इजलासमा हुनु पर्ने माग गरेका छन्।

अन्य सम्बन्धित समाचार:  ओलीले घुँडा नटेकेसम्म आन्दोलन जारी रहन्छ: झलनाथ खनाल