कालीकोट। कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा एक व्यक्तिले घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मुत्यु भएको छ। नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मङ्गलबार राति मृत्यु भएको हो।
घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र सात वर्षीय छोरा क्रमशः गणेश र मनबहादुरको मृत्यु भएको तथा अर्का चार वर्षीय छोरा खगेन्द्र भने घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताए।
बटालाले घटनापछि विष सेवन गरेर आफू पनि गम्भीर अवस्थामा रहेको जनाइएको छ।