टेस्ट वरीयता: विलियम्सन शीर्ष स्थानमा, स्मिथ दोस्रो

एजेन्सी। न्युजिल्याण्डका कप्तान तथा ब्याट्सम्यान केन विलियम्सन टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा यथावत रहेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा विलियम्सन शीर्ष स्थानमा कायम रहेका हुन् ।

यस्तै अष्ट्रेलियाका स्टिभ स्मिथ दोस्रो स्थानमा उक्लिएका छन्। भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीलाई पछि पार्दै स्मिथ दोस्रो स्थानमा उक्लिएका हुन्।

शीर्ष स्थानमा रहेका विलियम्सनको रेटिङ पोइण्ट ९१९ रहेको छ भने दोस्रो स्थानमा रहेका अष्ट्रेलियाका स्टिभ स्मिथको ९०० र तेस्रो नम्बरमा झरेका भारतीय कप्तान विराट कोहलीको ८७० छ।

टेस्ट वरीयता

अष्ट्रेलियाका मार्नस लबुशेन चौथो र पाकिस्तानका बाबर आजम पाँचौं स्थानमा रहेका छन्। उनीहरुको रेटिङ पोइण्ट क्रमश: ८६६ र ७८१ छ।

अन्य सम्बन्धित समाचार:  माओवादीका चार सांसद्को पद रिक्त भएको पत्र निर्वाचन आयोगमा

नयाँ वरीयता अनुसार इंग्ल्यान्डका बेन स्टोक्स (रेटिङ पोइण्ट ७६०), भारतका अजिंक्या रहाणे (रेटिङ पोइण्ट ७५६), भारतका चेतेश्वर पुजारा (रेटिङ पोइण्ट ७५३), न्युजिल्याण्डका हेनरी निकोल्स (रेटिङ पोइण्ट ७४७)र अष्ट्रेलियाका डेभिड वार्नर (रेटिङ पोइण्ट ७४५) छैटौंबाट क्रमशः दशौँ स्थानमा रहेका छन् ।

बलिङमा प्याट कमिन्स शीर्ष 

बलिङतर्फ अष्ट्रेलियाका प्याट कमिन्स शीर्ष स्थानमा यथावत रहेका छन्।

टेस्ट वरीयता

इंग्ल्यान्डका स्टुआर्ट ब्रोड दोस्रो, न्युजिल्यान्डका निल वेग्नर तेस्रो, न्युजिल्याण्डकै टिम साउदी चौथो र अष्ट्रेलियाका जस हेजलउड पाँचौं स्थानमा छन् ।

अलराउण्डरतर्फ बेन स्टोक्स शीर्ष 

अलराउण्डरतर्फ इंग्ल्यान्डका बेन स्टोक्स शीर्ष स्थानमा यथावत रहेका छन्।

Remove term: टेस्ट वरीयता टेस्ट वरीयता

भारतका रबिन्द्र जडेजा दोस्रो, वेष्ट इन्डिजका जेसन होल्डर तेस्रो, बंगलादेशका शाकिब अल हसन चौंथो र न्युजिल्याण्डका काइल जेमिसन पाँचौ स्थानमा रहेका छन्।