मन्त्री भट्टलाई डडेल्धुरामा कालो झण्डा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई डडेल्धुरामा कालो झण्डा देखाएको छ।

सत्तारुढ नेकपाको कार्यक्रमका लागि डडेल्धुरा पुगेका भट्टलाई ‘लाल गद्धार’को संज्ञा दिँदै प्रचण्ड–माधव समूहका कार्यकर्ताले कालो झण्डा देखाएका हुन्।

बाटोमा प्रचण्ड-माधव समूहका कार्यकर्ताले अवरोध गरेपछि प्रहरीले स्कर्टिङ गरेको थियो। भट्टको विरोधमा उत्रिएकालाई प्रहरीले हटाएको थियो।

भट्टको विरोधमा उनीहरुले चर्को नाराबाजी गरेका थिए।

अन्य सम्बन्धित समाचार:  केपी ओलीलाई नेकपाको नाम समेत नलिन नेपालको चेतावनी