अमेरिकाले सार्वजनिक गरेकाे गैरकृषि कामदारको सूचीमा नेपाल पनि समावेश

एजेन्सी। संयुक्त राज्य अमेरिकाले अस्थायी कृषि कामदार र अस्थायी गैरकृषि कामदारको सूचि सार्वजनिक गरेको छ। यस सूची अन्तर्गत नेपाल पनि समावेश रहेकाे छ।

यो कार्यक्रमलाई एचटुए र एचटुबी भनिएकाे छ। आगामी जनवरी १९ देखि लागु हुने यो कार्यक्रमका लागि २०२१ को भिसा कार्यक्रममा सहभागी हुने योग्य देशको सूचि सार्वजनिक गरिएको हो ।

केही देशले अस्थायी कृषि कामदार मात्र पठाउन पाउनेछन् भने केहीले अस्थायी गैरकृषि कामदारमात्र  पठाउन पाउने भएका छन्। केही देशहरु दुबै कार्यक्रममा कामदार पठाउन योग्य हुने भएका छन् ।

२०२१ को लागि फिलिपिन्सलाई एचटुबी कार्यक्रममा समावेश गरिएको छ भने सामाओ र टोंगालाई दुबै कार्यक्रमबाट हटाइएको छ। कृषि कामदार पठाउन पाउने सूचिमा नेपाललाई समावेश भने गरिएको छैन।

अन्य सम्बन्धित समाचार:  मलेसियामा फैलँदाे कोरोना संक्रमणले नेपाली कामदार त्रसित