काेराेना महामारी राेक्न मलेसियाका सम्राटले लगाए देशमा संकटकाल

काठमाडौं । मलेसियाका सम्राट (राजा) अल सुल्तान अब्दुल्लाले देशमा संकटकाल घोषणा गरेर संसद् निलम्बनसमेत गरेका छन्। कोरोना भाइरसको महामारी रोक्न भन्दै प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अब्दुल्लाले संकटकालको घोषणा गरेकाे अलजजिराले जनाएकाे छ।

अहिले ६ महिनाका लागि संकटकाल लगाइएको भए पनि कोरोनाको महामारीकोअवस्था हेरेर त्यसभन्दा अगाडि नै संकटकाल हट्न सक्ने समाचारमा उल्लेख छ।

मलेसियाको कानुनअनुसार संकटकाल घोषणा भएपछि त्यहाँको संसद् स्वतः निलम्बन हुन्छ। प्रधानमन्त्रीको सिफारिसमा मलेसियाका राजाले संकटकाल घोषणा गरेपछि सरकार सञ्‍चालनको सबै अधिकार प्रधानमन्त्रीमा गएको छ। संकटकाल लगाउन पहिलेदेखि नै तयारी गरे पनि त्यहाँका राजाले अस्वीकार गरेका थिए।

अन्य सम्बन्धित समाचार:  भारतमा पहिलो दिन १ लाख ९१ हजार बढीलाई कोरोनाको खोप