‘प्रधानमन्त्रीज्यू, संविधान पढ्न नेपाल ल क्याम्पस आउनुहोस्’

काठमाडौं। कानुनका विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन आग्रह गरेका छन्।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, नेपाल ल क्याम्पस कमिटीले बुधबार प्रधानमन्त्री ओलीलाई संविधान पढ्न क्याम्पस आउन आग्रह गरेको हो।

सरकारले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै उनीहरुले संविधान पढ्दै विरोध प्रदर्शन गरेका समेत गरेका छन्। कार्यक्रममा विद्यार्थीहरुले संविधानमा प्रतिनिधिसभा विघटन गर्न अनुमति दिने धारा खोजेका थिए। क्याम्पस परिसर बाहिर भेला भएर विद्यार्थीहरुले संविधान वाचन समेत गरेका थिए।

उपस्थित विद्यार्थीहरुले प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा विघटन गर्न उल्लेख गरिएका धारा देखाउन चुनौती समेत दिएका छन्।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री गुरुङले अविश्वास प्रस्ताव छल्न प्रदेशसभा अधिवेशन अन्त्य गरे