आईपीएल: स्मिथलाई रिलिज गर्ने राजस्थानको तयारी

आईपीएल

एजेन्सी। इण्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज टिम राजस्थान रोयल्सले कप्तान स्टिभ स्मिथलाई रिलिज गर्ने भएको छ। आईपीएलको नयाँ मेगा अक्सनअघि राजस्थानले कप्तान स्मिथलाई रिलिज गर्ने भएको बुझिएको छ।

ईएसपीएन क्रिकइन्फोका अनुसार राजस्थानले स्मिथलाई अक्सनमा पठाउने तयारी गरेको छ। तर यस सम्बन्धमा  राजस्थानको औपचारिक धारणा भने बाहिरिएको छैन।

आईपीएलले टिमलाई खेलाडी रिलिज र रिटेनको मिति जनवरी २० सम्मको दिएको छ। आईपीएलले अबको सिजनका लागि खेलाडीको अक्सन फेब्रुअरी ११ मा गर्ने तयारी गरेको जनाएको छ।

गत सिजन स्मिथले १४ खेलमा ३ सय ११ रन बनाएका थिए। स्मिथलाई सन् २०१८ को अक्सनअघि राजस्थानले रिटेन गरेको थियो।

अन्य सम्बन्धित समाचार:  फ्रान्सेली लिग वान– पीएसजी फेरि शीर्ष स्थानमा