बैतडीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार: एक आरोपित पक्राउ

करणी पक्राउ

बैतडी। बैतडीमा एक १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पञ्चेश्वर गाउँपालिकावडा नम्बर ४ का २३ वर्षीय प्रविण चन्द रहेका छन्।

साेही गाउँपालिकाकी १७ वर्षीया किशोरीमाथि पुस १५ गते बलात्कार भएको भन्दै प्रहरीमा उजुरी परेको र त्यसैका आधारमा एक आरोपितलाई पक्राउ गरेको बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।

किशोरीको घरमै गएर ती युवकसहित अन्यले सामूहिक रुपमा बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए। पीडित किशोरीको उद्धार गरी जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको उनले बताए।

घटनामा संलग्न अन्यको खोजी कार्य जारी भइरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  बनेपामा प्रेसर कुकर बम फेला