केपी ओली अब कमरेड रहेनन्: अष्टलक्ष्मी शाक्य

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपा वाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली अब कमरेड नरहेको बताएकी छिन्।

बुधबार काठमाडौंमा प्रचण्ड-नेपाल समूहको जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा उनले ओली कम्युनिस्ट पार्टी सिध्याउन लागिपरेको भन्दै कमरेड नभएर प्रतिगमनकारी भएको बताएकी हुन्।

उनले ओलीमा कम्युनिस्ट मूल्यमान्यता, आदर्श नरहेको प्रमाणित भएको बताइन्। “केपी ओली कमरेड होइन अब। उहाँ तानाशाही, निरंकुश शासक हो। लोकतन्त्रको चिरहरण गरेको छ। अब किन कमरेड भन्ने?’’ उनले प्रश्न गरिन्।

शाक्यले कम्युनिस्ट पार्टीबाटै तानाशाही जन्मिएको भन्दै कम्युनिस्ट आन्दोलनले केही समयलाई धक्का खाएको बताइन्।

अन्य सम्बन्धित समाचार:  केपी ओली छिट्टै पतन हुन्छन्ः बाबुराम भट्टराई