केपी ओली राजनीतिक जोकर हुन: प्रचण्ड

काठमाडाैं। नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि चर्को टिप्पणी गर्दै जाेकरकाे संज्ञा दिएका छन्।

उनले ओलीलाई राजनीतिक ‘जोकर’को संज्ञा दिदैं भने, ‘केपी ओलीले राजनीतिक जोकरपन देखाउनुभयो। जोकरका पछाडि कोही पनि लाग्दैनन्।”

काठमाडाै‌ंकाे कमलादीमा आफूनिकट नेता/कार्यकर्ताकाे  भेलामा प्रचण्डले ‘साथीहरू त पोलिटिकल जोकरजस्तो लाग्छ’ भन्दै उनले ओलीलाई भगौडाकाे आराेप समेत लगाए।

‘पार्टीलाई लात हान्ने चाहिँ भगौडा नहुने। मानिसमा लाज हुनुपर्छ, घिन हुनुपर्छ। तर उहाँमा लाज र घिन  दुवै छैन,’ उनले भने, ‘केपी ओलीमा झूटो कुरालाई हो जस्तो पार्ने क्षमता पनि रहेछ। विचित्र कुरा भनेर हो कि हो कि जस्तो बनाउने।’

उनले ओलीलाई राम्रोसँग ऐना हेर्न पनि सुझाएका छन्। पार्टीमा हुँदा आफूहरूले सरकारलाई काम गर्न नरोकेको उनको दावी थियो। ‘केपी ओलीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि मुटुमा छुरा हान्नुभएको छ,’ उनले भने, ‘नेकपा नाम र चुनाव चिन्ह सूर्य हाम्रो हुन्छ।’

अन्य सम्बन्धित समाचार:  वैशाखमा चुनाव हुँदैनः शशांक कोईराला

प्रचण्डले आफूहरूसँग ७० प्रतिशत केन्द्रीय सदस्य रहेको पनि उल्लेख गर्दै भने, ‘उहाँले हामीलाई भगौडा भन्नुभएछ। सुन्नु पनि के के पर्छ? आँखा पनि के छोप्नु ३० प्रतिशत पनि नभएको भगाैडा कि ७० प्रतिशत हुने भगौडा?,’ उनले प्रश्न गरे।