आन्तरिक राजश्व कार्यालय बालाजुका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

पाैने

काठमाडौं। आन्तरिक राजश्व कार्यालय बालाजुका कम्प्युटर अपरेटर राजन शर्मा घुस रकम सहित पक्राउ परेका छन्।

टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा, कर तिर्न सहजीकरण गरिदिए वापत वनस्थलीका सञ्चालक सन्तोष थापा मगरसँग ४३ हजार रुपैयाँ मागेर लिँदै गरेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।

टोलीले घुस दिने मगरलाई समेत नियन्त्रणमा लिएको छ।

अख्तियार प्रवक्ता गणेश बहादुर अधिकारीले दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  सिरहाको कल्याणपुर नगरपालिकामा तालाबन्दी