बुधबार शेयर बजारमा अल टाइम हाइ रेकर्ड कायम

काठमाडाैं। बुधबार शेयर बजारले अल टाइम हाइ रेकर्ड कायम गरेको छ। आज नेप्से सूचक १८.८१ अंकले बढेर २२८६.५५ विन्दुको नयाँ रेकर्ड बनाउन सफल भएकाे हाे।

कुल ८४९ कित्ता शेयर ५ अर्ब ९१ करोड ४३ लाख रुपैयाँमा खरिद बिक्री  भएकाे छ। २०७ वटा कम्पनीको १ करोड ३२ लाख ८९ हजार ८४९ कित्ता शेयर ५ अर्ब ९१ करोड ४३ लाख रुपैयाँमा खरिद बिक्री भएको हो।

पछिल्लो केहि दिन यता बैंकिङसमूहको सूचक उकालो लाग्दै आएकोमा बुधबार भने फाइनान्स र उत्पादनमूलक उपसमूहको सूचक उच्च दरले बढ्दा लगानीकर्ताहरु उत्साहित भए।

लगानीकर्ताले बैंकिङ छोडेर उत्पादनमुलक र फाइनान्स कम्पनीहरुको शेयर खरिद बढाएको देखिन्छ। यस्तै, माइक्रोफाइनान्स उपसमूहमा पनि लगानीकर्ताको आकर्षण बढेको देखिन्छ। आज बैंकिङ उपसमूहको सूचक भने ०.१८ प्रतिशतले घटेको छ।

अन्य सम्बन्धित समाचार:  नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीलाई ५१ प्रतिशत लाभांश दिने

बुधबार कारोबारमा आएकामध्ये १२ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने आरम्भ चौतारी, फर्स्ट माइक्रोफाइनान्स, इन्फिनिटि लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक लगायताको १२ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

बुधबार नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा धेरै २६ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको २० करोड ७२ लाख, अपर तामाकोशीको १८ करोड ४९ लाख, शिवम् सिमेन्टको १६ करोड ३६ लाख र एनआइसी एशिया बैंकको १५ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।